नेपाल-इजरायल सम्बन्धकाे ६२ औं वर्षगाँठ, ‘कृषिले सम्बन्ध प्रगाढ बनाउदै’


काठमाडाैं । कृषि नेपाल र इजरायल सम्बन्ध कृषिमा माध्यमबाट थप प्रगाढ बनेकाे सराेकारवालाले बताएका छन् । बुधबार नेपाल–इजरायलबीचकको दौत्य सम्बन्ध स्थापना भएको ६२ औं वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा बाेल्ने वक्ताहरूले दुबै देशकाे सम्बन्ध थप प्रगाढ बनाउनु पर्नेमा जाेड दिएका हुन्।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा रहेका कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले नेपाल–इजरायल सम्बन्ध प्रगाढ बनाउने बलियो आधार कृषि रहेको बताए । उनले कृषि मार्फत जनता–जनताबीच राम्रो सम्बन्ध बनाएर दुवै देशबीचकाे सम्बन्ध अझ प्रगाढ बनाउन सकिने बताएका हुन्।

नेपालमा कृषि प्रवर्धनका लागि सय किसान अभियानकाे नेतृत्व गरिरहेका सुमार्गीले अभियानबाट देशभर कृषिमा लगानी, प्रविधि, बजार विस्तारसहित मुल्य श्रृङ्खलाको सबै आयाममा सहयोग गरिरहेकाे बताए ।

कृषि प्रविधिमा उदाहरणीय मानिने इजरायलमा नेपाल बाट हरेक वर्ष पढ्दै कमाउदै गर्ने कार्यक्रममा कृषक युवाहरू लैजाने गरिएकाे  छ। इजरायलबाट फर्केका युवाहरूले कृषिमा नमूना कार्य गरेकाले दुइ देशकाे सम्बन्ध प्रगाढ बनाउन कृषिले भूमिका खेलेकाे बताइएकाे हाे । 

नेपालका लागि इजरायलका राजदुत हनान् गोदारले इजरायल नेपालको विकासको लागि कृषिसँगै अन्य धेरै क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्न तयार रहेकाे बताए। इजरायलले सधै नेपाललाई एउटा असल नियतले सहयोग गर्दै आएको र नेपालले पनि सोहि अनुसार सहयोग गर्छ भन्ने अपेक्षा रहेको उनकाे भनाइ छ । 

कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली र प्रकाश शरण महतलगायतक वक्ताहरूले नेपाल–इजरायल सम्वन्धलाई बलियो बनाउनको लागि नेपालको तर्फबाट सबै किसिमको पहल हुने बताए । महतले नेपाल जहिलेपनि इजरायलको शान्ति,सम्प्रभुता र विकासको पक्षमा रहेको बताउदै नेपालमा इजरायलले गरिरहेको सहयोगको सरहना गरे ।

नेपाल इजरायलसँग कूटनीतिक सम्बन्ध राख्ने पहिलो एसियाली देश हो। नेपाल र इजरायलबीच १ जुन १९६० मा कूटनीतिक सम्बन्ध स्थापित भएकाे थियाे । सम्बन्ध स्थापना भएदेखि नै नेपालले अन्तर्राष्ट्रिय रूपमा इजरायललाई सहयोग पुर्‍याइरहेकाे छ । 

इजरायलले मार्च १९६१ मा राजधानी काठमाडौंमा आफ्नो दूतावास खाेलेकाे थियाे । नेपालले इजरायलमा १९९३ मा नेपाली मानद वाणिज्य दूतावास र २००७ मा दूतावास खाेलेकाे थियाे ।