रु. १० करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले अनिवार्य इ–बिलिङ जारी गर्नुपर्ने


काठमाडौं । १० करोडभन्दा बढीको कारोबार गर्ने कम्पनीले विद्युतीय माध्यमबाट अनिवार्य बिजक (इ–बिलिङ) जारी गर्नुपर्ने भएको छ ।

आन्तरिक राजश्व विभागले आज सूचना जारी गर्दै आगामी साउन १ गतेदेखि १० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने कम्पनीले अनिवार्य इ–बिलिङ जारी गर्नुपर्ने व्यवस्था गरेको हो ।

सूचनामा ‘आर्थिक वर्ष २०७७/७८ को मूल्य अभि अभिवृद्धि कर तथा आय विवरण मध्ये कुनै पनि एक आ.व.को कारोबार रकम रु. १० करोडभन्दा बढीको जुनसुकै वस्तु तथा सेवाको कारोबार गरेका करदाता’ले विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने उल्लेख छ ।

तर,कारोबारको प्रकृति अनुसार उपभोक्ता/ग्राहकलाई प्रत्यक्ष रुपमा विजक जारी नगर्ने बैंक÷वित्तीय संस्था जस्ता निकायको कारोबारको हकमा भने यो व्यवस्था लागू हुने छैन । बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलमा समेत यो नियम लागू हुने छ ।