पुतलीसडकमा एसबीआइ बैंकको नयाँ शाखा


काठमाडौं । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा काठमाडौंको पुतलीसडकमा आफ्नो नयाँ शाखा सन्चालनमा ल्याएको छ ।

सो शाखाको उद्घाटन नेपाल एसबिआई बैंकका अध्यक्ष रावीज अरोराले गरे । उक्त समारोहमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कुमार दे, निर्देशक पिनाकी नाथ बेनर्जी, नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमूख संचालन अधिकृत यादभेंद्र कांत, सहायक महाप्रबन्धक अर्जुन नेपाल, प्रमूख व्यवसाय विकास अधिकृत रितेश अर्यालका साथै बैंकका अन्य कर्मचारी तथा ग्राहकहरुको उपस्थिति थियो ।

यस बैंकले ९१ शाखा, २१ एक्स्टेन्सन काउन्टर र ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अपिसका साथै १३० एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।