कोभिडको समयमा दिएको सुविधा सँधै दिन सकिँदैनः गर्भनर


काठमाडौं । गर्भनर महाप्रसाद अधिकारीले कोभिडको समयमा दिएको सु्विधा सँधैको लागि दिन नसकिने बताएका छन् । कोेभिडको बीचमा नेपाल राष्ट्र बैंकले केहि लचिलो नीति ल्याएको भएपनि सँधै दिन नसकिने बताएका हुन् ।

उनले व्यवस्थालाई सहज बनाउनको लागि कोभिडको समयमा ८० प्रतिशतको सिसिडी रेसियो ८५ प्रतिशत पुर्याएको र सिडीमा लैजाँदा ऋणपत्र, पुर्नवित्त सबै गणना हुने व्यवस्था गरिएको बताएका छन् ।

उनले भने,“कोभिडको समयमा व्यवसायिक समुहलाई समस्या हुने भयो, व्यवसायिलाई पूँजीको समस्या हुने भयो भनेर केहि लचिलो व्यवस्था गर्यौ । त्यस्तै बैंक तथा वित्तीय संस्थालाई सहजताको कुरा गरेको थियौं ।”

उनले कोभिडको समयमा नगद मौज्दात अनुपात (सिआरआर) पनि घटाउँदै ३ प्रतिशतमा ल्याएको बताएका छन् । गर्भनर अधिकारीले नगद मौज्दात अनुपात समस्याको बेलामा घटाएकोले अहिले बढाउने संकेत गरेका हुन् । उनले भने,“कोभिडको बीचमा दिएको सुविधा सँधैलाई हुँदैन । यसलाई हटाउँदै लैजानुपर्छ । यसलाई बिस्तारै गर्दै लैजाने हो । यस एउटा अर्को वर्ष अर्को गर्दै लैजाने हो ।”

उनले मूल्यवृद्धिका कारण विश्वले नीति परिवर्तन गरिराखेकोले नीति परिवर्तन सामान्य कुरा रहेको बताए । उनले आन्तरिक उत्पादन बढ्ने गरि नीति ल्याउने बताएका छन् । लगानी उत्पादन क्षेत्रमा लगाउन नसकेकोले आयात बढ्दै गएको गर्भनर अधिकारीले बताएका छन् ।

“अर्थतन्त्रको अवस्था राम्रो भएको बेलाको जस्तो सबै सहज नहुने भएकोले ब्याज महङ्गो पनि पर्न सक्ने भएकोले समस्या हुन्छ, सहनुपर्छ,” गर्भनर अधिकारीले भने ।