नेप्सेमा ७७ अंकको गिरावट, हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि १३.०३ अंकले घटेर ३६६.८६ विन्दुमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ ।

सोमबार कारोबार रकमका आधारमा हिमालयन डिष्टीलरी कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ११ करोड ४ लाख ३५ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेमा आज म्युचुअल फण्ड र डसबेञ्चरसहित जम्मा ६ वटा कम्पनीको मूल्य बढेको छ ।

यस दिन ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले घटेर ६ सय ७८ रूपैयाँ ६० पैसामा झरेको छ ।

कूल २२७ वटा कम्पनीको ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।