दुगड समूहको उत्पादन ‘ज्ञान मखाना’ नेपाली बजारमा


काठमाडौं । के. एल. दुगड समुहले ज्ञान ब्राण्डको नयाँ उत्पादन ज्ञान मखाना नेपाली बजारमा ल्याएको छ ।

खाद्य प्रविधिका विशेषज्ञहरुले विभिन्न तरिकाबाट यसको स्वाद र गुणस्तरको मापन परिक्षण गरी उपभोगको लागि योग्य रहेको ठहराएका छन् । लिली फूलको बीउबाट बनाइने मखाना प्रोटिन र अन्य धेरै पोषक तत्वहरु रहेका छन् ।

मखानालाई उपवासको समयमा बढी उपभोग गर्न र दैनिक खाजाको रूपमा पनि उपभोग गर्न सकिने कम्पनीले जनाएकाे छ । मखानालाई खीर सहित विभिन्न स्वादिष्ट र मिठाई परिकार बनाउन प्रयोग गर्न सकिन्छ । लामो समयदेखि के. एल. दुगड समूहले ब्राण्ड ज्ञानको ज्ञान चक्की आटा, ज्ञान मैदा जस्ता उत्पादनहरु नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।