कार्ट्स रेसिङ कम्पिटिसन ’कार्ट्समान्ड सिलालम’ को उपाधि डिगविजय अधिकारीलाई


काठमाडौं । कार्ट्स रेसिङ कम्पिटिसन ’कार्ट्समान्ड सिलालम’ को उपाधि डिगविजय अधिकारीले जितेका छन् ।

धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा शनिबार भएको प्रतियोगितामा अधिकारीले उपाधि जितेको हुन् । बिबेश श्रेष्ठ दोस्रो र फेलिक्स भ्यान रिसन तेश्रो भएका छन् ।

३० नेसनल ड्राइभरहरू सहभागी क्वालिफाइङ चरणमा विजय भएका उत्कृष्ट ८ ड्राइभरहरू फाइनल चरणमा पुगेका थिए । फाइनल चरणमा डिगविजय अधिकारी, बिबेश शेष्ठ ,फेलिक्स भ्यान रिसन, दिप्रस शाक्य, सन्जोक लामा तामाङ, जय प्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

विजयी खेलाडीलाई सिंगापुरको के एफ वान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले जनाएको छ ।

विजयी खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङ, एफ आइ ए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला र नासा नेपालका अध्यक्ष दशरथ रिसालले पुरस्कृत गरे ।