नेप्सेमा ४ लाख ८४ हजार बोनस सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार संस्थाको १९ प्रतिशत बोनस बापतको ४ लाख ८४ हजार ४ सय १२ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको वैशाख १० गते सम्पन्न भएको तेह्रौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।