एनआईसी बैंकले ४ अर्बभन्दा बढि नाफा कमायो


काठमाडौं । आर्थिक वर्ष २०७८÷७९ मा एनआईसी एसिया बैंकले ४ अर्ब ५३ करोड रुपैँया नाफा कमाएको छ । बैंकले आर्थिक वर्ष २०७८ ७९ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ४ अर्ब ५३ करोड खुद नाफा कमाएको हो

बैंकले एक वर्षको अवधिमा ३९ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो । स्व–पूँजीमा प्रतिफल १९.६५ प्रतिशत रहेको छ जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको बैंकको दाबी छ ।

प्रति सेयर आम्दानी तर्फ ३९.१३ रुपैयाँ आर्जन गर्न बैंक सफल भएको छ, जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ । बैंकले निष्कृय कर्जालाई ०.४९ प्रतिशतमा राखेको छ ।