डलरको मूल्य हालसम्मकै उच्च, कमजोर बन्दै नेपाली मुद्रा


काठमाडौं । अमेरिकी डलरको मूल्य हाल सम्मकै उच्च बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ अमेरिकी डलरको बिक्री मूूल्य १२८ रुपैयाँ २९ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद मूल्य भने १२७ रुपैयाँ ६९ पैसा रहेको छ ।

पछिल्लो समय डलरको मूल्य दिनहुँ बढिरहेको छ । बिहीबार १२४ रुपैयाँ ६८ पैसा पुगेको डलरको मूल्य शुक्रबार पनि बढेको छ ।
यसरी डलरको मूल्य बढ्दै जाँदा नेपाली रुपैयाँको इतिहाँसकै कमजोर हुन पुगेको छ । यसले गर्दा आर्थिक संकटको सामना गरिरहेको नेपाललाई झनै चुनौती थपिने विज्ञहरु बताउँछन् ।

पछिल्लो समय अमेरिकी अर्थतन्त्रमा सुधार आएसँगै डलरको मूल्य बढ्दै गइरहेको छ ।

त्यस्तै छिमेकी देश भारतमा पनि अमेरिकी डलरको तुलनामा भारु पनि इतिहासकै कमजोर बन्दै प्रतिडलर ८० रुपैयाँ भन्दा तल आइपुगेको छ ।