नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा प्रवीणरमण पराजुली नियुक्त


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रवीणरमण पराजुली नियुक्त भएका छन् ।

साउन ४ गते, बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार हिजो ४ गतेबाट नै उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा पद बहाली गरेका कम्पनीले जनाएको छ ।

बिमा समितिले पराजुलीलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा ४ वर्षको लागि करारमा नियुक्ति गर्न स्वीकृती दिँदै साउन ३ गते पत्र पठाएको थियो ।

जसअनुसार पराजुली ४ वर्षको लागि सिइओ नियुक्त भएका हुन् । पराजुलीले कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार ४ साउनदेखि आफ्नो पदभार ग्रहण गरेका छन् ।रिएको हो ।