नेपाल डेरी एसोसिएसनले खोल्यो विपत व्यवस्थापन राहत कोष


काठमाडौं । निजी डेरीको छाता संगठन नेपाल डेरी एसोसिएसनले विपत व्यवस्थापन सदस्य राहत कोष खडा गरेको छ । बिहिबार एसोसिएसनको कार्यालय शंखमुलमा बसेको केन्द्रिय समितिको बैठक नेपाल डेरी एसोसिएसनमा आबद्ध सदस्यहरुलाई भैपरी आउने विपदमा सहयोग गर्न कोष खडा गरिएको अध्यक्ष प्रल्हाद दाहालले जानकारी दिए ।

केन्द्रिय समितिको बैठकले उक्त विपत व्यवस्थापन कोषका लागि छुट्टै विभाग समेत गठन गरेको छ । सोही दिन उक्त कोषमा रु तीन लाख रुपैँया जम्मा भएको अध्यक्ष दाहालले बताए ।

बैठकले ९ सदस्य सचिवालय एवं ५ सदस्य सल्लाहकार समिती गठन गरेको महासचिव हेमचन्द्र खनालले जानकारी दिए । बैठक अगाडि संस्थापक अध्यक्ष राजेन्द्र गोपाल श्रेष्ठको विशेष उपस्थितिमा पदस्थापना कार्यक्रम गरिएको थियो ।

बैठकले कार्य विभाजन अन्तर विभिन्न ८ वटा विभाग गठन गरेको छ भने प्राविधिक एवं विशेष योजनाका लागि एक विज्ञ नियुक्त गर्ने निर्णय गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी सवारी साधनमा प्रयोग गरिने गोलो लगाउन एसोसिएसनले आफ्ना सबै सदस्यहरुलाई अनिवार्य गर्ने निर्णय गरेको छ ।

बैठकले ३ वर्षे कार्यकालको लागि बैठकले कार्ययोजना तयार गरेको छ । एसोसिएसनमा बसिने हरेक बैठकमा आचार संहिता लागू गरि कार्यनयन गर्ने, आर्थिक स्रोत परिचालनको लागि एक उपसमिती निर्माण गर्ने, डेरी सम्बन्धि जानकारीका लागि डेरी दर्पण प्रकाशित गर्ने लगायतका निर्णय गरेको अध्यक्ष दाहालले बताए ।