सीएनआईकाे १९ औं वार्षिकोत्सव, यस्ता छन् ११ पृष्ठमा समेटिएका मुख्य उपलब्धि


काठमाडौं । नेपाल उद्योग परिसंघले स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार सम्पन्न वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा अध्यक्ष विष्णुकुमार अग्रवालले ११ पृष्ठ लामो सम्बोधनमा संस्थाको उपलब्धि, चुनौति र सरकारको ध्यानाकर्षणका विषय समेटेका छन् ।

“‘मेक इन नेपाल–स्वदेशी’ बहुवर्षीय अभियानमा करिब २ खर्बको कारोबार गरिरहेका र १५ हजार भन्दा बढीलाई रोजगारी दिइरहेका ६२ स्वदेशी कम्पनीहरू आवद्ध भइसकेका छन्,” अग्रवालले सुनाए ।

प्रधानमन्त्री श्री शेरबहादुर देउवा प्रमुख अतिथि रहेको कार्यक्रममा विशेष अतिथिका रुपमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री श्री दिलेन्द्रप्रसाद बडू उपस्थिति रहे भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष माननीय डा. विश्वनाथ पौडेल लगायत नीजि क्षेत्रका संघसंस्थाका प्रमुख तथा प्रतिनिधी र उद्योगी व्यवसायीहरु उपस्थित रहेका थिए ।

वार्षिक १ लाख ५० हजार औद्योगिक रोजगारी सिर्जना गर्ने, उद्योग विभागमा वार्षिक १ हजार नयाँ उद्योग दर्ता गर्ने वातावरण बनाउने, ५ वर्षमा निर्यात ४.६ अर्ब अमेरिकी डलर पु-याउने, सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान २५ प्रतिशतमा पु-याउने जस्ता अभियानलाई अध्यक्ष अग्रवालले प्रमुख उपलब्धीका रुपमा प्रस्तुत गरेका छन् ।

“आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्दै स्वदेशी अर्थतन्त्र बलियो बनाउने यो महाअभियानमा जोडिन सम्पूर्ण स्वदेशी उत्पादकहरूलाई आह्वान गर्न चाहन्छु,” उनले भने, “राष्ट्रले उद्योग व्यवसायको विकासमा निजी संघ संस्थाको अहम् भूमिकालाई मनन् गरे अनुरूप परिसंघले आफ्नो संरचनालाई क्रमशः विस्तार गर्दै लगिरहेको छ ।”

यस्तो छ सम्बोधनको पूर्ण पाठः