सयपत्री हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन


काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडमा सर्वसाधारणले साउन १७ गते (मंगलबार) सम्म साधारण सेयर (आईपीओ)मा आवेदन दिने सक्ने छन् ।

सर्वसाधारणका लागि निश्कासन तथा बिक्रि खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा भोली श्रावण १७ गते सम्म आवेदन दिने सक्ने जनाइएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।

कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि आईपीओ बिक्री गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई छुट्याएकोबाट बिक्रि नभएको १ लाख २१ हजार ६० कित्ता समेत गरी कुल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने बाँकी ६ लाख ७० हजार ५८६ कित्तामा सर्वसाधारण आवेदन दिन सक्नेछन् ।