अर्थसचिव मधु मरासिनीको सरुवा


काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । मन्त्रिपरिषद्को बैठकले मरासिनीको सरुवा गर्ने निर्णय गरेको जनाएको छ । बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग भएपछि सचिव मरासिनी बिदामा बसेका थिए । अर्थमन्त्री शर्माले राजीनामा दिए पछि मरासिनी मन्त्रालयमा हाजिर भएका थिए । अर्थमन्त्री शर्मा अर्थमन्त्रालयमा फर्किएपछि बिदामा बसेका मरासिनीको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएको जनाएको छ ।