नेप्से परिसूचक ४५ अंकले घट्यो


काठमाडौं । मंगलबार (आज) नेप्से परिसूचक भारी अंकले घटेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेको छ । नेप्सेका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ४५.४२ अंकले घटेर २०६०.७३ अंकमा झरेको छ । सेन्सेटिभ परिसूचक पनि ९.६८ अंकले घटेर ३९६.४२ अंकमा झरेको छ ।

नेप्सेमा कारोबार भएका कूल १३ ओटै उपसमूह घटेका छन् । आज कारोबार रकमको आधारमा धेरै कारोबार नागरिक लगानी कोषको भएको छ । कोषको १५ करोड १० लाख ९७ हजार रुपैँया बराबर कारोबार भएको छ ।

आज हिमालयन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । कम्पनीको सेयरमूल्य ९.९७ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.२७ अंकले घटेको छ ।

कुल २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार ५९८ रुपैँया बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।