काठमाडौं । नेपाल राष्ट्र बैंकले विट्क्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ तथा हाइपर फण्ड लगायत कुनै पनि डिजिटल मुद्राको कारोबार गरेको पाइएमा कारवाही गर्ने बताएको छ ।
राष्ट्र बैंकले सोमबार पुनः सूचना निकाल्दै बिटक्वाइन, क्रिप्टोकरेन्सी, नेटवर्क मार्केटिङ अन्र्तरगत कुनै पनि डिजीटल मुद्राको कारोबार तथा व्यवसाय गैरकानुनी रहेको जनाएको छ ।
नेपालमा विदेशी विनिमय तथा मुद्राको रुपमा कानुनी मान्यता नपाएको कानुनी ग्राह्य नभएको, नेपाल सरकारको जमानतप्राप्त नभएको र राष्ट्र बैंकले निष्कासन नगरेको तथा कुनै पनि किसिमको सुरक्षण नभएकोले गैरकानुनी रहेको जनाएको छ ।
“क्रिप्टोकरेन्सी, पिरामिडमा आधारित नेटवर्क मार्केटिङ तथा हाइपरफण्डमा सम्पती शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पुँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिसम्बन्धी जोखिमहरु अन्तरनिहित हुने विषय स्मरण गराएको छ ।” सूचनामा उल्लेख गरिएको छ ।
नेपालभित्र बसोबास गर्ने नागरिक, फर्म, कम्पनी, संस्था (विदेशी समेत्र) र नेपाल बाहिर बसोबास गर्ने सबै नेपाली नागरिक तथा नेपालमा दर्ता भई नेपाल बाहिर रहेका, फर्म, कम्पनी, संस्था तथा त्यस्ता कम्पनी वा संस्थाका शाखा कार्यलय तथा एजेन्सीले कारोबार गरेको पाइएमा तथा प्रयोग गरेमा, संलग्नता, सदस्यता, लगानी, स्वामित्व ग्रहण, स्थानान्तरण, विप्रेषण, विनिमय, माइनिङ गरेको पाइएमा कानुन अनुसार कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेकाे सूचना :
प्रतिक्रिया दिनुहोस्