गरिमा विकास बैंकद्वारा भदौ महिनाको नयाँ व्याजदर प्रकाशित


काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले भदौ महिनाको लागि नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि भदौ १ गते, बुधबारबाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

बैंकले बचत खातामा न्यूनतम ७ प्रतिशतदेखि अधिकतम १० प्रतिशतसम्म र मुद्दति निक्षेपको ब्याज न्यूनतम १० प्रतिशत देखि अधिकतम १३ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश १० र १३ प्रतिशत ब्याज दिने छ ।

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ११.४१ प्रतिशत रहेको छ । बैंकले संस्थागत मुद्दती निक्षेपमा भने १ प्रतिशत ब्याजदर घटाएको छ ।