एक वर्षमा २३७ अर्ब ६१ करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत


काठमाडौं । गत आर्थिक वर्ष २०७८/७९मा २३७ अर्ब रुपैयाँ बढिको थप धितोपत्र सूचिकृत भएको छ ।

नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार गत १ वर्षमा २३७ अर्ब ६१ करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको हो ।

राष्ट्रबैंकका अनुसार गत वर्षमा विकास ऋणपत्र, रु.५५ अर्ब ८९ करोड बराबरको बोनस शेयर, रु.५३ अर्ब २२ करोड बराबरको डिबेन्चर, रु.२३ अर्ब २८ करोड बराबरको साधारण शेयर, रु.११ अर्ब ९७ करोड बराबरको हकप्रद शेयर र रु.३ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्ड सूचिकृत भएका छन् ।

२०७९ असार मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.२८६९ अर्ब ३४ करोड कायम भएको छ । २०७८ असार मसान्तमा बजार पुँजीकरण रु.४०१० अर्ब ९६ करोड रहेको थियो ।