नेप्से झिनो अंकले घट्दा कारोबार रकम डेढ अर्ब पनि पुगेन


काठमाडौं । साताको कारोबारको चौथो दिन सेयरबजार झिनो अंकले घटेको छ । बुधबार ०.३६ अंकले घटेको बजारमा कारोबार रकम भने डेढ अर्ब पनि पुग्न सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज सेयर मापक सूचक नेप्से परिसूचक ०.३६ अंकले घटेर २०४०.७० अंकमा पुगेको छ ।

त्यस्तै राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक भने ०.२८ प्रतिशतले बढेर ३९४.६७ अंकमा पुगेको छ ।

बुधबार नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुहको सेयर घटेको छ भने ७ वटा उपसमुहको सेयर बढेको छ ।
आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा रिडी पावर कम्पनी लिमिटेढ अग्रस्थानमा रहेको छ । कम्पनीको १८ करोड ४३ लाख ११ हजार ८ सय ९८ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन स्वेत गंगा हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन साम्लिङ पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.१४ प्रतिशतले घटेको छ ।

कुल २२० कम्पनीको ३४ लाख ९७ हजार ८ सय ८१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २ सय ५६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।