‘सीमित विशेष दशैँ प्याक’ आयोजना गर्दै सनसिल्क नेपाल


काठमाडौँ। सनसिल्क हेयरकेयर ब्राण्डले नेपालमा पहिलो पटक सीमित विशेष दशैँ प्याकको अवसर ल्याएको छ ।

अघिल्लो वर्ष सनसिल्क नेपालले बडा दशैँ २०७८ को अवसर पारेर एक डिजिटल प्रतियोगीता सनसिल्क दशैँ भाइब्स अभियान शुरु गरेको थियो । अभियानमा नेपाली युवतीहरुलाई सनसिल्क ग्याङ्ग अफ गल्सको एक हिस्सा बनेर ब्राण्डसंग आबद्ध हुने अवसर पनि दिएको थियो ।

आशिना देउला, प्रतिमा कार्की र लालना चिमरियाले अन्तिम चरणको फिनालेमा जित हासिल पार्दै सनसिल्कका ब्रान्ड एम्बेसेडरद्वय प्रिन्सी र प्रिज्माका साथमा ब्रान्डको प्रतिनिधित्व गर्न जोडिएका थिए। प्रतियोगीता विजयीको रुपमा उनिहरुले यस वर्षको सीमित विशेष दशैँ प्याक मा प्रस्तुुत हुने अवसर प्राप्त गरेका छन् ।

नयाँ प्याकमा तिन भिन्न प्रकार रहेको ब्राण्डले जनाएको छ । हेयरफल सलुसन, ब्ल्याक साइन र पर्फेक्ट स्टेट जस्ता तिन विशेषता नयाँ प्याकमा भएको उल्लेख गरिएको छ । प्रस्तुत गरिएको नयाँ प्याक मध्य पर्फेक्ट स्टेट नेपालमा पहिलो पटक पेश गरिएको कम्पनीले बताएको छ ।

युनिलिभरका प्रबन्ध निर्देशक आमलन मुखर्जीले सनसिल्क नेपालको सर्वाधक ठुलो सौन्दर्य ब्राण्ड रहेको बताए । उनले गत वर्ष आयोजित दशैँ भाइब्स प्रतियोगीताको विजेताहरु सनसिल्क ग्याङ्ग अफ गल्र्सलाई प्रस्तुत गर्न पाउँदा हर्षित रहेको समेत बताए ।

मुखर्जीले उपभोक्ताहरुले मनाउने स्थानीय चाडपर्वहरु र संस्कृतिहरुसंगै ब्राण्डहरुलाई आबद्ध गराउन चाहेको जानकारी दिए ।
सनसिल्क दशैँ भाइब्सले फेसबुक, इन्स्टाग्राम र टिकटक भरमा ६ करोडभन्दा बढी भ्यूज प्राप्त गरेको र २८५४ जनाले सहभागीता जनाएको कम्पनिले बताएको छ । कम्पनीले यस वर्ष सनसिल्क दशैँ भाइब्स दुई ले त्यो संख्यालाई उछिन्दै नयाँ रेकर्ड कायम गर्ने अपेक्षा समेत गरेको छ ।