काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा। लि। ले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन “दशैँमा द–सही अफर”ल्याएको छ ।
कम्पनीले उक्त योजना अन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी ९ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा० खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइल मध्ये कुनै एक उपहार प्राप्त गर्न व्यवस्था गरेको छ ।
आफूले खरिद गरेको गाडीको सेग्मेन्ट अनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ । साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाईनान्स जस्ता सुविधाहरु पनि रहेका छन् ।
सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस यूनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणी ढकालका अनुसार, “हरेक वर्षझैँ यसपालीको दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् ।’’
प्रतिक्रिया दिनुहोस्