‘नेपाल पूर्वाधार सम्मेलन २०२२’ शुरू, विषयगत छलफल हुँदै


काठमाडौं । नेपाल पूर्वाधार सम्मेलन २०२२ काठमाडौंमा सुरु भएको छ। नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा नेपाल बिहीबारबाट सम्मेलन सुरु भएको हो ।

सम्मेलन यातायात, ऊर्जा, सहरी विकास, खानेपानी तथा सरसफाईलगायत पूर्वाधार विकासका पहिचान गर्दै पूर्वाधार विकासका लागि सरकारले गरेका सुधार, पूर्वाधार क्षेत्रमा निजी लगानी आकर्षित गर्ने दिगो विकास लक्ष्यहरूमा छलफल हुने परिसंघले जनाएको छ ।

परिसंघका अनुसार पूर्वाधारका लागि लगानी प्रवर्द्धन, पूर्वाधार विकासका सफल अभ्यास, पूर्वाधार क्षेत्रको विकासका अवरोध लगायतका विषयमा राष्ट्रिय,अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार, निजी क्षेत्रका प्रतिनिधिबीच छलफल हुनेछ। सम्मेलनमा शिर्ष नेताहरु, पूर्व प्रधानमन्त्री, प्रदेशका मुख्यमन्त्रीहरु, नेपाल राष्ट्र बैंक, विश्व बैंकका प्राध्यापकहरुको प्रस्तुति रहने छ ।