बेनेलीको ‘दसैँ फिएस्टा’ अफर घोषणा


काठमाडौं । केटीएम इन्टरनेसनल ट्रेडिङले बिक्री गर्दै आएको बेनेली मोटरसाइकलको दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।

यस वर्षको दशैं, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले ‘दशैं फिएस्टा अफर’ ल्याएको हो । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्यूआर कोड स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने कम्पनीले जनाएको छ । मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गर्ने छ ।