नेप्सेमा भारी अंकको गिरावट, कारोबार रकम भने २ अर्बमाथि


काठमाडौं । बुधबार ४७ अंकले बढेको नेप्से परिसूचक आज भने त्यो भन्दा बढि अंकले घटेको छ । नेप्से ५७ अंकले घट्दा कारोबार रकम भने २ अर्ब माथि पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५७ अंकले घटेर १९२४.४८ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ११.२३ अंकले घटेर ३७४.१३ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेको हो ।

बिहीबार कारोबार रकमका आधारमा लक्ष्मी बैंक लिमिटेडले अग्रस्थानमा रहेको छ । बैंकको २१ करोड ५० लाख ३३ हजार रूपैयाँ बराबरको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा सिटिजन म्यूचुअल फण्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।

त्यस्तै आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको मूल्य सबैभन्दा धेरै घटेको छ । उक्त फण्डको मूल्य ८ प्रतिशतले घटेको छ ।

कूल २३२ वटा कम्पनीको ६९ लाख ४० हजार ५ सय ९६ कित्ता सेयर किनबेच हुँदा २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।