चार दिने नाडा ईभी एक्स्पो सम्पन्र


काठमाडौं । नेपालमा पहिलो पटक आयोजना भएको नाडा ईभी एक्स्पो २०२२ को आजबाट सम्पन्र भएको छ । असोज ६ गतेबाट सुरु भएको नाडा ईभी एक्स्पोमा विश्वमा विद्युतीय गाडी उत्पादन गरेर चर्चा कमाएका विभिन्र ब्राण्डहरुको उपस्थिति रहेको थियो । उक्त एक्स्पोमा विभिन्र कम्पनीका विद्युतीय सवारीहरु एउटै छानामुनी उपलब्ध भएका कारण ग्राहकहरु ईभीको बारेमा छर्लङ्ग भएको नाडाका अध्यक्ष ध्रुव थापाले बताए ।

त्यस्तै उक्त ईभी एक्स्पोमा नेपाल सरकारले र नेपालका नागरिकहरुले अब विद्युतीय सवारी तर्फ केन्द्रित हुन आवश्यक रहेको योमा मार्टस प्रा.लिका निर्देशक सन्जीव सिल्पकारले बताए । नेपालमा पेट्रोलियम पर्दाथको आयात गर्दा देशकोे अर्थतन्त्रमा ठूलो नोक्सान भएको हुनाले विद्युतीय सवारीलाई प्रथामिकता दिनु पर्ने सिल्पाकरले लुम्बिनीसञ्चारसँग बताए । उनका अनुसार योमा मोर्टस प्रा लिले आफ्ना ग्राहकहरुको लागि चार्जिङ स्टेसन काठमाडौंको विभिन्र ठाउँहरुमा राखेको छ । त्यसैगरि उक्त कम्पनीका सवारी साधनहरु उपत्यकाको लागि रहेको सिल्पाकर बताउँछन् ।

त्यस्तै सिमेक्स इंक कम्पनीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नाडा टिमले आयोजना गरेको ईभी एक्स्पोले ग्राहकहरुलाई विद्युतीय सवारी बारे बुझन सहज भएको बताइन् । उनले पछिल्लो समय विद्युतीय गाडीको माग बढी रहेको र यसले वातावरणलाई समेत फाइदा पुर्याउने बताइन् । उनका अनुसार बिवाईडी कम्पनीको विद्युतीय गाडी एक पटक चार्ज गर्दा ५२२ किलोमिटर यात्रा गर्न सकिने छ।

त्यसैगरि उक्त एक्स्पोमा सहभागी रहेका आगन्तुकले आफूले ईभी एक्स्पोमा उपस्थित भएर विद्युतीय गाडीको सम्भावना र यसको फाइदा बारे छर्लङ्ग भएको बताए । चार दिनको एक्स्पोले विद्युतीय गाडीहरु प्रति रहेको नकारात्मक र अन्योललाई प्रष्ट रुपमा बुझाएको उनले बताए ।