टाटा मोटर्सको दशैं लक्षित ‘वडा पर्वको वडा अफर’ सार्वजनिक


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर भहिकल सेग्मेन्टका लागि वडादशैं २०७९ को अवसरमा ‘वडा पर्वको वडा अफर’ योजना ल्याएको छ ।

यस योजना अन्तर्गत टाटाका गाडीहरु खरिद गर्दा ३ वर्षको वारेन्टी प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ । जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मूल्यांकन प्राप्त गर्न सक्नेछन् भने आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिने कम्पनीकाे दाबी छ। यसका साथै निःशुल्क नामसारी, एक वर्षको सवारी कर, २ लाख नगद छुट र फाइनान्सको सुविधा लगायतका विशेष आर्कषणहरु रहेकाे कम्पनीले बताएकाे छ ।

ग्राहकले टाटा मोटर्सको शोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाइभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले बताएको छ ।