वैशाखयता थप चार वटा एसेम्बल उद्योग दर्ता


काठमाडौं । सरकारले जीप, भ्यान, कार र १५० सीसीभन्दा बढीका मोटरसाइकलमा लगाएका प्रतिबन्धका कारण देशको अटो क्षेत्र धरासायी बन्दै गएको छ । सरकारले विदेशी मुद्रा संचित घट्दै गएको कारण देखाएर गत वैशाख महिना देखि गाडी आयातमा रोक लगाउँदा अटो क्षेत्र धरापमा परेको हो । त्यस्तै उद्योग विभागका अनुसार २०७९ बैशाख देखि असोजसम्म चार वटा एसेम्बल उद्योग दर्ता भएको छन् ।

दुगड अटो क्लिनिक प्रा. लि.

मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा स्थापना हुने गरी दुगड अटो क्लिनिकको दर्ता गत जेठ १२ गते भएको छ । यसमा ३० करोड रुपैयाँ लगानी हुनेछ भने २४ हजार दुई पांग्रे र ४ हजार तीन पांग्रे सवारी साधन उत्पादन गरिने छ । यसमा १४५ जनाले रोजगारी पाउने छन् ।

एसजी अटोक्राफ्ट प्रा.लि.

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगपालिका वडा नम्बर ११ मा स्थापना हुने गरि एसजी अटोक्राफ्ट प्रा.लिको दर्ता गत जेठ १७ गते भएको छ । यसमा ३ अर्ब रुपैयाँको लगानी हुनेछ भने वार्षिक विद्युतीय मोटरसाइकल तथा स्कुटर २१ सय थान, विद्युतीय तीनपांग्रे १२ सय थान, विद्युतीय कार–जिप ६ सय र इ–बस १२० युनिट उत्पादन गरिनेछ । यसमा ४३१ जनाले रोजगारी पाउने छन् ।

टीजी अटो ग्रुप प्रा. लि.

बारा जिल्लाको जीतपुर सिमरा उपमहानगपालिका वडा नम्बर ९ स्थापना हुने गरि टि जि अटो ग्रुप प्रा.लिको दर्ता गत भदौँ २ गते भएको हो । यसका लागि ३ अर्व ८० करोड लगानी हुनेछ भने वार्षिक ८ हजार मोटसाइकल उत्पादन गरिने छ । यसमा ६७ जनाले रोजगार पाउने छन् ।

हिमाल मोटो नेपाल प्रा. लि.

रुपेन्दही जिल्ला रोहोणि गाउँपालिका वडा नम्बर ४ मा स्थापना हुने गरि हिमाल मोटो नेपाल प्रा.लिको दर्ता गत भदौँ २३ गते भएको हो । यसका लागि ६० करोड रुपैँया लगानी हुनेछ भने वार्षिक २५ हजार मोटरसाइकल र ७५ हजार स्कुटर उत्पादन गरिने छ । यसमा २०२ जनाले रोजगार पाउने छन् ।