वाणिज्य बैंकहरुको निक्षेप बढ्दा कर्जा प्रवाह स्थिर


काठमाडौं । वाणिज्य बैंकहरुमा असोज २१ गते देखि २८ गतेसम्म (एकहप्तामा) ८ अर्ब रुपैँया निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकमा ८ अर्ब रुपैँया निक्षेप थपिएर बैंकहरुमा ४५ खर्ब १९ अर्ब रुपैँया पुगेको जनाइएको छ । असोज १४ मा ४५ खर्ब १९ अर्ब रुपैँया रहेको निक्षेप २१ गते ४५ खर्ब ११ अर्ब रुपैँया रहेको थियो ।

वाणिज्य बैंकहरुले असोज २१ गतेदेखि २८ गतेसम्म कर्जा प्रवाह भने स्थिर रहेको छ । संघको तथ्यांक अनुसार २१ गते ४१ खर्ब ९३ अर्ब रुपैँया कर्जा प्रवाह गरेका थिए भने २८ गतेसम्म कर्जा प्रवाह ४१ खर्ब ९३ अर्ब रुपैँया रहेको छ । एक हप्तामा वाणिज्य बैंकहरुले कर्जा प्रवाह गरेका छैनन् ।

कर्जा निक्षेप अनुपात भने ८६.९४ रहेको राष्ट्र बैंकले जनाएको छ ।