प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार हुँदै सुन


काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार मंगलबार छापावाला सुनको मुल्य तोलाको १०० रुपैयाँ बढेर तोलाको ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर तोलाको ११८० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य स्थिर रहि तोलाको ११६० रुपैयाँमा कारोबार भएको थियो ।