एमजी जेडएस इभीको बुकिङ खुल्ला, यस्ता छन् विशेषता


काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले लङ रेन्जको विद्युतीय गाडी एमजी जेडएस् ईभीको लागि बुकिङ खुल्ला गरेको छ । ४४० किमी रेन्ज भएको यस विद्युतीय गाडीको ब्याट्री ७२.६ किलोवाट आवरको छ भने यसको ग्राउन्ड क्लियरेन्स १७५ मिमी रहेको छ ।

एमजी जेडएस ईभीको इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरू गरिएको छ । यसको इन्टेरियरमा १०।१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ ।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको छ । एमजी जेडएस ईभीमा ११५ किलोवाटको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । यो ८।५ सेकेन्डमा १०० किलोमिटर प्रति घण्टाको दरमा गुड्न सक्छ ।

यसमा मोबाइल वायरलेस चार्जिङ, ब्लाइन्ड स्पट मोनिटरिङ्ग, अडप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामरा पनि रहेको छ ।