नेपाल रिपब्लिक मिडियाले आइपीओ जारी गर्न सेबोनमा दियो निवेदन


काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै हिजो कात्तिक २ गते सेबोनमा निवेदन दर्ता गराएको छ।

कम्पनीले १०० अंकित दरका कुल ४३ लाख ५३ हजार कित्ता आईपीओ बिक्री गर्न सेवोनमा निवेदन दिएको हो । अन्य समूहमा रहेको यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।