दुई महिनामा ७६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत


काठमाडौं । दुई महिनामा नेपाल स्टक एक्सचेन्जमा ७६ अर्ब रुपैयाँ बढिको थप धितोपत्र सूचिकृत भएको छ । नेपाल राष्ट बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९–८० को दुई महिनामा थप ७६ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र सूचिकृत भएको हो ।

जसमध्ये रु.३५ अर्ब बराबरको विकास ऋणपत्र, रु.२३ अर्ब ४४ करोड बराबरको डिबेन्चर, रु.८ अर्ब ३१ करोड बराबरको बोनस शेयर, रु.५ अर्ब ३९ करोड बराबरको साधारण शेयर, रु.३ अर्ब २७ करोड बराबरको म्युचुअल फण्ड र रु.१ अर्ब २१ करोड बराबरको हकप्रद सेयर रहेको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.४ अर्ब २४ करोड बराबरको डिबेन्चर, रु.३ अर्ब १५ करोड बराबरको म्युचुअल फण्ड, रु.९५ करोड बराबरको हकप्रद शेयर र रु.१८ करोड बराबरको साधारण सेयर गरी कुल रु.८ अर्ब ५२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।