तिहार र छठको विदापछि खुलेको नेप्से नेप्से १६ अंकले बढ्यो


काठमाडौं । एक साताको विदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । तिहार र छठ पर्वको विदा पछि खुलेको सेयरबजारले लगानीकर्तालाई राहत दिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ अंकमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ४.९३ अंकले बढेर ३७०.८६ अंकमा पुगेको छ ।

नेप्सेमा कारोबार भएका कुल १३ वटा उपसमुहमध्ये एउटा उपसमुह घटेको छ भने अन्य १२ वटा उपसमुह बढेका छन् ।

नेप्सेमा आज कारोबार रकमाक आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । बैंकको ६ करोड १७ लाख २१ हजार २ सय ३२ रुपैयाँको कारोबार भएको छ ।

आज सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन अपर हेवाखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य ८.१६ प्रतिशतले घटेको छ ।

कुल २२४ कम्पनीको २५ लाख ७४ हजार ९ सय ७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।