इष्टर्न हाइड्रोपावरको आइपीओ भोलि बिहान बाँडफाँड हुने


काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ भोली विहान बाँडफाँड हुने भएको छ । उक्त आइपीओ भोली बिहान ९ बजे बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यलयमा बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले असोज २८ गते, शुक्रबारबाट कार्तिक २ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड भोलि (कार्तिक १७ गते, बिहीबार) हुने भएको छ । उक्त आईपीओको बाँडफाँड बिहीबार बिहान ९ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालयमा हुने तय भएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६ करोड ७० लाख ३१ हजार रुपैयाँको ६ लाख ७० हजार ३ सय १० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ५ प्रतिशत सामूहिक लगानी कोषका लागि, २ प्रतिशत कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख २३ हजार ३८९ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ करोड १८ लाख ४७ हजार रूपैयाँ बराबरको एक करोड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।