‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल


काठमाडौं । ग्लोबल आइएमई बैंकले डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।
ग्लोबल आइएमई बैंकले “ग्लोबल आइएमई डिबेन्चर २०८४/८५” ५ अर्ब रुपैँया बराबरको डिबेन्चर ११.२५% व्याज सहित पाँच वर्षको लागि निष्काशन गर्न लागेको हो ।

ग्लोबल आइएमई बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ बीच शेयर निष्काशन गर्ने सम्झौता भएको छ ।