नेप्सेको तोक्यो तथ्यांक प्रयोगका लागि शुल्क


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ । नेप्सेले कात्तिक २१ गते सोमबार (आज) एक सूचना जारी गर्दै नेप्सेको कारोबार प्रणालीमा भएका सि तथ्यांक प्राप्त गर्नको लागि लागु गरेको कार्यविधी अनुसार तथ्यांक प्रयोगमा नयाँ शुल्क निर्धारण भएको जनाएको छ ।

नेप्सेको को कारोबार प्रणालीमार्फत सिर्जित भएका तथ्यांक प्राप्त गर्न ईच्छुक निकायका लागि नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७ को दफा ४ मा नेप्सेको कुनै पनि तथ्यांक प्रयोगकर्ताले नेप्से समक्ष तथ्यांक प्रयोगको स्पष्ट उद्देश्य समेत खुलाई सोही कार्यविधिको अनुसूची १ बमोजिमको कागजातसहित नेप्सेमा निवेदन दिनुपर्नेछ भन्ने व्यवस्था भएको हुँदा ईच्छुक तथ्यांक प्रयोगकर्ताहरुले चालु आ।व। २०७९र८० को लागि यो सूचना जारी भएको मितिले ३० दिनभित्र आवेदन दिन नेप्सेले अनुरोध गरेको छ ।

नेप्सेले तथ्यांङ्क प्रयोगका लागि निम्नअनुसार वर्गिकरण गरेको छ ।

१. बैंक वित्तीय संस्था, इन्भेष्टमेन्ट कम्पनी तथा वित्तीय विश्लेषक कम्पनीको प्रयोगका लागि,
२. तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता कम्पनी आदिको व्यापारिक तथा पूनः वितरण प्रयोजनका लागि,
३. सञ्चार माध्यमहरुको समाचार प्रयोजनका लागि,
४. गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानत्मक प्रयोग ९विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धात्मक संस्थाहरु आदिका लागि
५. विदेश कम्पनीका लागि गरी ५ प्रकारमा वर्गीकरण गरेको छ ।

तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि, २०७७