नेप्सेमा १ करोड बढी कित्ता सेयर सूचिकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज १ करोड बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा ङादी ग्रुप पावरको हकप्रद सेयर सूचीकृत भएको हो। यो कम्पनीको कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीले गत साउन १८ गतेदेखि भदौ ७ गतेसम्म चुक्तापुँजीको १५० प्रतिशत हकप्रद सेयर जारी गरेको थियो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ६ लाख ३ हजार ९८६ कित्ता सेयर आफ्ना सेयरधनीहरुलाई बिक्री गरेको थियो।

यो हकप्रदमा बिक्री हुन नसकेको १२ लाख ५७ हजार २९० कित्ता सेयर कम्पनीले पछि लिलामी प्रक्रियामार्फत बिक्री गरेको थियो।