क्यान महासंघको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष रणजित पोद्दारद्वारा उम्मेदवारी घोषणा


काठमाडौं । आगामी पुसमा हुने कम्प्युटर एशोसिएसन नेपाल महासंघ(क्यान महासंघ)को अध्यक्षका लागि रणजित पोद्दारले उम्मेद्वारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका पौद्दारले आज अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।

पौद्दारले भनेका छन्,“ सूचना प्रविधि क्षेत्रमा आबद्ध पेशाकर्मी,विद्यार्थी, व्यवसायी,क्यान महासंघका वर्तमान तथा पूर्व पदाधिकारी तथा अध्यक्ष ज्यूहरू समेतका शुभचिन्तकको सलाह बमोजिम सूचना प्रविधि क्षेत्रको उल्लेखनीय विकासमा संस्थागत भूमिका खेल्ने अठोटका साथ क्यान महासंघको आगामी महाधिवेशनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।”

क्यान फेडरेसनको आगामी पुस ९ गते केन्द्रीय साधारण सभा एवं महाधिवेशन हुँदैछ । अहिलेसम्म क्यान महासंघको अध्यक्षमा पौदार एकल दाबेदार रहेका छन् ।