नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे मतदान


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

ओली झापा ५ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका छन् । तर, उनले मतदाता नामावलीमा बालकोटमा नाम भएकाले उनले आफैंलाई भोट हाल्न भने पाएनन् ।