स्याङ्जाको चापाकोट नगरपालिकामा प्रहरीले गर्यो हवाइ फाएर


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर १ मा प्रहरीले हवाइ फाएर गरेको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले एक आपसमा झगडा गरेर मतदान स्थलमा छिर्न खोज्दा प्रहरीले हवाइ फायर गरेको निर्वाचन कार्यालय चापाकोटले जनाएको छ ।

उक्त मतदान केन्द्रको मतपेटिका र मतपत्र नियन्त्रणमा लिई तत्कालका लागि निर्वाचन स्थगित गरिएको छ ।