ललितपुरमा १ बजेसम्म ३६ प्रतिशत मत खस्यो


काठमाडौं । ललितपुर जिल्लामा दिउँसो १ बजेसम्म ३६.१३ प्रतिशत मत खसेको छ ।

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आज जारी मतदानमा ललितपूर जिल्लाका सम्पूर्ण मतदान केन्दमा ३६.१३ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिने

‘आज दिउँसो १ बजेसम्म दुई सय ९० वटै मतदान केन्द्रमा गरी ३६ दशमलव १३ प्रतिशत मतदान भइसकेको छ,’ आचार्यले भने, ‘निर्धारित समयसम्म ६० प्रतिशतभन्दा बढी मतदान हुने अपेक्षा गरेका छौँ।’

जिल्लाको एउटा मतदान केन्द्रमा अहिले मतदान रोकिएको आचार्यले जानकारी दिए ।

ललितपुरको क्षेत्र नम्बर ३ मा पर्ने वडा नं २८ अन्तर्गत वडा कार्यालय भवनमा रहेको मतदान केन्द्रमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र समानुपातिक मतपेटिकामा र समानुपातिक मतपत्र प्रत्यक्षतर्फको मतपेटिकामा परेपछि मतदान रोकिएको हो।