नेपाली कांग्रेसले प्रतिनिधि सभामा विजयी सुरुवात, मुस्ताङमा थकाली विजयी


काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा विजयी सुरुवात गरेको छ ।

मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित भएका छन्। ७ हजार २ सय ३० मत खसेकोमा योगदेशले ३ हजार ९ सय ९६ मतसहित विजयी भएका हुन् ।

थकालीका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका छन् । योगेश पूर्वसांसद एवं मन्त्री रोमी गौचन थकालीका छोरा हुन् । योगेश कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।