किन भन्यो राष्ट्र बैंकले लघुवित्तलाई मासिकरुपमा आधारदर प्रकाशन गर्न ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई मासिकरुपमा आधारदर प्रकाशन गर्न भनेको छ । राष्ट्र बैंकले मैद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामा प्रत्येक महिनामा आधारदर सार्वजनिक गर्न भनेको छ । लघुवित्त वित्तीय संस्थाले २०७९ माघदेखि आधारदर मासिकरुपमा प्रकाशन गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकको आधारदर सार्वजनिक गर्ने नीति नयाँ नभएको नेपाल लघुवित्त बैंकर्स संघका पूर्व अध्यक्ष तथा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत बसन्त लम्सालले बताए । “यो नैलो कुरा होइन हामीले राष्ट्र बैंकलाई आन्तरिक रिर्पोटमा रिर्पोट गरिराखेको छौं ।,” उनले भने, “त्यसलाई लघुवित्तले प्रकाशन गर्नुपर्ने हो । हामीले क्यालकुलेसन गरिराखेको छौं । राष्ट्र बैंकलाई रिर्पोट पनि गरिराखेको छौं ।”

सर्वसाधारणले पनि यो विषयमा थाहा पाउनको लागि मद्दत गर्ने उनले बताए । धेरै नाफा लागेको आरोप लागेको समयमा आधारदर प्रकाशन गरेपछि चासो राख्नेले पनि प्रकाशित भएपछि हेर्न सकिन्छ उनले भने ।

आधारमा प्रकाशन गर्ने तयारी अहिले गर्दै गर्नको लागि यो नीति बनाएको राष्ट्र बैंकले जनाएको छ । भोली आधारदर कम गर्नको लागि पनि लघुवित्तहरुले प्रतिस्पर्धा गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट ४ प्रतिशत बनाएको छ । विकास बैंक र वित्त कम्पनीको औसत ब्याजदर अन्तर ५ प्रतिशतबाट ४.६ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

यसबाट बैंक तथा वित्तीय संस्थाहरुलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ । प्रिमियम सम्बन्धी व्यवस्थाको नियमित अनुगमन समेत गरिनेछ ।