एघारौं पोखरा महोत्सव–२०७९ का लागि विभिन्न ३७ उपसमिति गठन


कास्की । एघारौं संस्करणको पोखरा महोत्सव-२०७९ सफल बनाउन भन्दै विभिन्न ३७ उपसमिति गठन गरिएको छ ।

युनाईटेड क्लबको आयोजनामा आगामी पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने पोखरा
महोत्सवलाई सम्पन्न गर्न युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको संयोजकत्वमा विभिन्न ३७ वटा उपसमिति गठन गरि संयोजक तोकिएको हो ।

हालै सम्पन्न बैठकले मूल आयोजक उपसमिति संयोजकमा राजु श्रेष्ठ, कार्य सम्पादन उपसमिति संयोजक लालकाजी गुरुङ, अतिथि ब्यवस्थापन उपसमिति संयोजक हिमालय बख्रेल, संघ संस्था उपसमिति संयोजक सुक बहादुर गुरुङ, सांस्कृतिक उपसमिति संयोजक लोक बहादुर थापा, सचिवालय उपसमिति संयोजक गणेश तिमिल्सिना, प्रचार प्रसार उपसमिति संयोजक दिनेश सुनारलाई चयन गरिएको छ ।

अर्थ ब्यवस्थापन उपसमिति संयोजकमा सूर्य बहादुर बानिया, प्रायोजक ब्यवस्थापन उपसमिति संयोजकमा शान्त बाहादुर थापा, झाँकी ¥याली ब्यवस्थापन उपसमिति संयोजकमा पूर्णकला पोख्रेल, स्टल ब्यवस्थापन उपसमिति संयोजकमा सिमा गुरुब, स्वयंसेवक ब्यवस्थापन उपसमिति संयोजकमा सन्तोष कार्की, सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा विष्णु कुमार गुरुङ, ब्यानर एवं फोटो तथा भिडियोग्राफी उपसमिति संयोजकमा जयराम आचार्य, टिकट तथा सामाजिक सञ्जाल उपसमिति संयोजकमा पूर्ण कुमार श्रेष्ठ, मायाको चिनो उपसमिति संयोजकमा दिवानी सुवेदी, अतिथि सत्कार ब्यवस्थापन उपसमितिमा चन्द्रा पराजुली लाई चयन गरिएको छ ।

खानेपानी तथा सरसफाइ ब्यवस्थापन उपसमिति संयोजकमा शिव थापा, खाना तथा खाजा ब्यवस्थापन उपसमिति संयोजकमा बिजय कार्की, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा शान्ति सुवेदी, मुल्यांकन उपसमिति संयोजकमा सुशीलराज पराजुली, विद्यालय समन्वय उपसमिति संयोजकमा लिलाधर अधिकारी, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा रमेश कार्की, अनुगमन ब्यवस्थापन उपसमिति संयोजकमा गोबिन्द घिमिरे, प्रकाशन तथा मुद्रण उपसमिति संयोजकमा सावित्री थापा, मुलद्वार ब्यवस्थापन उपसमिति संयोजक कृष्ण थापा मगर, बिमा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र बहादुर थापा, पर्यटन प्रवद्र्धन उपसमिति संयोजकमा गोपाल गुरुङलाई चयन गरिएको छ ।

ट्राफिक ब्यवस्थापन उपसमिति संयोजकमा नविन श्रेष्ठ, पार्किङ ब्यवस्थापन उपसमिति संयोजकमा राम थापा, पृष्ठ पोषण उपसमिति संयोजकमा रिम बहादुर क्षेत्री, विद्युतीय ब्यवस्थापन उपसमिति संयोजकमा हरि श्रेष्ठ, हस्तकला ब्यवस्थापन उपसमिति संयोजकमा सविता श्रेष्ठ रञ्जित, स्वास्थ्य ब्यवस्थापन उपसमिति संयोजकमा नरहरि पनेरु, विद्युतीय सुरक्षा ब्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र तिवारी, मिडिया कोअर्डिनेटरमा गिता राना मगर र कार्यालय सचिवमा रेजिना खत्रीलाई चयन गरिएको हो ।