आरएमडीसी लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?


काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको संचित मुनाफाबाट कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई २७.३६ प्रतिशत लाभांश घोषणा गरेको हो ।

मंसिर १९ गते, सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३६ प्रतिशत नगद लाभांश गरी कुल २७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिनेछ ।