बैंकहरुमा निक्षेप थपियो


काठमाडौं । वाणिज्य बैंकहरुमा १ हप्तामा ११ अर्ब रुपैँया निक्षेप थपिएको । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार मंसिर ९ गते ४५ खर्ब ६२ अर्ब रुपैँया रहेको निक्षेप मंसिरमा १६ गते ४५ खर्ब ७३ अर्ब रुपैँया पुगेको छ । कार्तिक ३० गते बैंकहरुमा ४५ खर्ब ६३ अर्ब रुपैँया निक्षेप रहेको थियो मंसिर २ गते ५ अर्ब रुपैँयाले निक्षेप घटेर ४५ खर्ब ६३ अर्ब रुपैँया पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

कार्तिक ३० गते ४२ खर्ब २२ अर्ब रुपैँया रहेको कर्जा प्रवाह मंसिर २ मा ३ अर्ब रुपैयाँले घटेर ४२ खर्ब १९ अर्ब रुपैँयामा झरेको थियो । तथ्यांक अनुसार मंसिर ९ मा ५ अर्ब रुपैँयामा बढेर ४२ खर्ब २२ अर्ब रुपैँया पुगेको थियो भने मंसिर १६ मा १ अर्ब रुपैँयाले बढेर ४२ खर्ब २३ अर्ब रुपैँया पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार कर्जा निक्षेप अनुपात ८६.८४ रहेको छ ।