सडक विस्तारका क्रममा अप्टिकल फाइबर काटिँदा सेवा अवरुद्धः एनसेल


काठमाडौं । एनसेल आजियाटा लिमिटेडले सडक विस्तारको क्रममा अप्टिल फाइबर काँटिदा सेवा अवरुद्ध भएको जनाएको छ।
एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै बिहीबार सडक विस्तारको क्रममा बुटवल–बर्दघाट र दमौली आँबुखैरेनीमा जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको प्रष्ट्याएको हो ।

बिहीबार बिहानदेखि एनसेलको सेवामा समस्या देखिएको हो । कम्पनीले प्राविधिक टोलीले काम थालिसकेकाले सेवा सुचारुको प्रयास भइरहेको जनाएको छ ।

“अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण पूर्वाधारको संरक्षणमा सजक रहन एनसेल सबैमा हार्दिक अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।