मिस तामाङको तालिम शुरु


पोखरा । मिस तामाङ पोखराको तालिम शुरु भएको छ ।

बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीहरुलाई तालिम दिन शुरु गरिएको हो ।

२८५९ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो ।

तालिममा २० जना तामाङ समुदायको युवतीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले जानकारी दिए ।

युवाहरुलाई आफ्नो मौलिक भाषा, भेषभुषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदाय प्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको तालिमको शुभारम्भको अवसरमा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले बताए ।

शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी तामाङ्ग घेदुङ्ग का पूर्व अध्यक्ष धनप्रसाद तामाङ्गले युवापुस्ता मात्रै होइन अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नु पर्ने धारणा व्यक्त गरे ।

उनले जन्मदेखि मृत्युसम्म तामाङ्ग समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारे मा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिए ।

३५ दिन सम्म चल्ने प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले जानकारी दिए ।

प्रतियोगितामा पोखरा पुम्दीभुम्दीका मनिषा तामाङ्ग, योगितामाया तामाङ्ग, नारेश्वरकी निशा तामाङ्ग, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ्ग, फुलबारीका सुप्रिया तामाङ्ग, सेदीका रोश्मा तामाङ्ग, जुना तामाङ्ग, प्रिती तामाङ्ग , लेकसाइडका आकृति ब्लोन, मियापाटनका रसिला तामाङ्ग , रिठेपानीका रेनुका तामाङ्ग , न्युरोडका विकिता तामाङ्ग, लामागाउँका सुमित्रा तामाङ्ग, बगालेटोलका लक्ष्मी तामाङ्ग , अर्विना तामाङ्ग, विजयपुरका विपना तामाङ्ग र जिरोकिलोमिटरका जिना थिङ्ग सहभागी छन् ।