एनआरएन इन्फ्रास्ट्रक्चर लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पौष ४ गते, सोमबार) अन्तिम दिन रहेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि पौष ५ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म कायम सेयरधनीले कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दशौँ वार्षिक साधारण सभा पौष २० गते, बुधबार आम्रपाली ब्याङ्क्वेट, बालुवाटार, काठमाडौँमा र जुमको माध्यमबाट एकसाथ सञ्चालन हुनेछ ।